इजरायलको नयाँ प्रधानमन्त्रीमा बेनेट, बिदा भए नेतान्याहु-Sutra News

इजरायलको नयाँ प्रधानमन्त्रीमा बेनेट, बिदा भए नेतान्याहु

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं- इजरायलको नयाँ प्रधानमन्त्रीमा नाफ्ताली बेनेट निर्वाचित भएका छन् । विपक्षी गठबन्धनको सहयोगमा संसदले बेनेटलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।



उनी अत्यन्तै साँघुरो मतान्तरले प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी ६०-५९ बहुमतका आधारमा प्रधानमन्त्री चुनिएका हुन् ।

सत्ता समीकरणसम्बन्धी सम्झौता अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् ।

त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन् ।

बेनेट निर्वाचित भएसँगै सबैभन्दा लामो समय १२ वर्ष सत्ता चलाएका बेन्जामिन नेतान्याहु बिदा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट