काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल भैँसेपाटीस्थित उनको निवास पुगेका छन् । वामदेव निवास स्रोतकाअनुसार एमालेको एकताको विषयलाई लिएर दुई नेताबीच बिहान ९ बजेदेखि छलफल भैरहेको छ ।
वामदेवले एमाले एकताका लागि माधव नेपाल समूहले राखेका मागहरू सम्बोधन गर्न अध्यक्ष केपी ओली तयार हुनुपर्ने बताउँदै आएका बेला ओली समूहमा रहेका पौडेल उनलाई भेट्न निवास पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री समेत अध्यक्ष ओलीले पार्टीको आन्तरिक कलह समाधानका निम्ति नेपाल समूहसमक्ष ६ बुँदे प्रस्ताव अघि सारेका थिए । तर नेपाल समूहले ओलीको प्रस्तावलाई अस्वीकार गरेको थियो ।
पार्टी एकताका लागि एमालेभित्रका दोस्रो तहका नेताहरू सक्रिय छन् । पार्टीलाई फुटबाट जोगानु पर्नेमा उनीहरूबीच एकमत छ ।