ओलीलाई संकेत गर्दै भट्टराईले भने- दलालहरु सावधान !-Sutra News

ओलीलाई संकेत गर्दै भट्टराईले भने- दलालहरु सावधान !

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा नेपालका नेता डाक्टर बाबुराम भट्टराईले प्रतिक्रान्तिकारीहरू सत्तामा क्रान्तिकारीहरू सडकमा हुनु विडम्बना भएको बताएका छन् ।



सोमबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

त्यस्तै उनले आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु सामान्य भएको बताएका छन् ।

‘आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।’ उनले लेखेका छन् ।  

त्यस्तै उनले देशका दलालहरु हिरो र देशभक्तहरू भिलियन भएको भन्दै सतर्क रहन अनुरोध गरेका छन् ।

 

आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।तर विडम्बना:प्रतिक्रान्तिकारीहरू सत्तामा; क्रान्तिकारीहरू सडकमा! दलालहरू हिरो;देशभक्तहरू भिलियन!

सावधान:अर्को पुस्ता लड्न नपरोस्!

— Baburam Bhattarai (@brb1954) June 14, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट