कानुनी उपचारका लागि जसपाको यादव समूह सर्वोच्च जाँदै-Sutra News

कानुनी उपचारका लागि जसपाको यादव समूह सर्वोच्च जाँदै

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् ।



जसपाका दुवै पक्षहरुले एकअर्कालाई गरेको कारबाहीलाई आयोगले मान्यता नदिएपछि उनीहरु सर्वोच्च जान लागेका हुन् ।

चाहिने कागजातहरु साथै आवश्यक प्रक्रिया पुर्याएर  आयोगमा जाँदा  पनि आयोगले त्यसलाई प्रक्रिया नपुगेको भन्दै फर्काएको उपेन्द्र पक्षको आरोप छ ।

पार्टीभित्र सत्ता बाँडफाडको कुरामा विवाद आएपछि गत जेठ १८ गते जसपाको एक पक्षले अर्को पक्षलाई कारबाही गरेको थियो ।

अहिले जसपाको उपेन्द्र पक्ष सरकारभन्दा बाहिर छ भने जसपाकै अर्को पक्ष सरकारमा सहभागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट