इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई-Sutra News

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिएका छन् ।



अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेको बताइएको छ ।

इजरायलको संसद नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नाफ्ताली बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएका थिए ।

बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएकका र उनी आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको बताइएको छ ।

इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएको समाचारमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट