काठमाडौं- आज देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ ।
देशभरी मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले गण्डकी, लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको जानकारी दिएको छ । प्रदेश २ का केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
आगामी २४ घण्टाममा धेरै स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुने तथा प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भोलि देशभर बदली हुने छ । केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
असार १ गते बिहान ९:३० बजे
चितवन भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी बर्षामापन भएको र थप बर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेहरूले भोलि बिहान सम्म उच्च सतर्कता अपाउनुहोला । pic.twitter.com/KVLBtcIept— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 15, 2021
असार १ गते बिहान ८:३० बजे
बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। उक्त नदी जलाधारमा थप बर्षा हुने सम्भावना भएकाले तटिय क्षेत्रमा आज राति सम्मै उच्च सतर्कता अपनाऔ। pic.twitter.com/Zwa4jEyO64— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 15, 2021
असार ०१
आगामी ३ दिन कालीगण्डकी,तिनाउ,पश्चिमराप्ती,बबई,भेरी र यसका सहायक नदीजलाधार लगायत गण्डकी,लुम्बिनी,कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केहि साना नदीमा बहाव बढ्ने र केहिमा आकस्मिक वहाव भई सतर्कता तह पुग्ने,साना नदी तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन हुन अनुरोध छ। pic.twitter.com/FYWisKxMSw— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 15, 2021
असार १ बिहान १:३०:
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा भारी बर्षामापन भएको तथा सो क्षेत्रमा थप बर्षा हुने सम्भावना रहेकाले साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले आज राती सम्मै उच्च सतर्कता अपनाऔ। pic.twitter.com/91iO8YJ3ME— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 14, 2021