काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा प्रतिक्रान्तिकारीहरू सत्तामा र क्रान्तिकारीहरू सडकमा भएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमा दलालहरू हिरो र देशभक्तहरू भिलियन भएको पनि बताएका छन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यष समेत रहेका डा.भट्टराई आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु रहेको बताएका छन् ।
अब पनि यसकै लागि नयाँ पुस्ताले लड्न नपरोस् भनि डा.भट्टराईले सचेत गराएका छन् ।
आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध/जनआन्दोलन/मधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।तर विडम्बना:प्रतिक्रान्तिकारीहरू सत्तामा; क्रान्तिकारीहरू सडकमा! दलालहरू हिरो;देशभक्तहरू भिलियन!
सावधान:अर्को पुस्ता लड्न नपरोस्!— Baburam Bhattarai (@brb1954) June 14, 2021