काठमाडौं- कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा अर्जेन्टिना र चिलीले १-१ गोलको बराबरी खेलेका छन् ।
ब्राजिलको सान्तोस स्टेडियममा खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले आकर्षक गोल गरेका थिए । फ्रिकिकमा उनले गोल गर्दा टिम १-० गोलले अघि थियो ।
तर चिलीका एडुवावार्डो भेगासले ५८ औँ मिनेटमा बराबरी गोल फर्काए । अन्तिम समयतिर चिलीले खेल जित्ने गरी पेनाल्टीमा पाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो ।