लोकसेवा आयोगका रोकिएका सबै परीक्षा दशैँअघि-Sutra News

लोकसेवा आयोगका रोकिएका सबै परीक्षा दशैँअघि

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

काठमाडौं- लोकसेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो ।



कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ ।

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकोले आन्तरिक रूपमा मात्रै काम गरिएको बताए ।

उनले कोरोनाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिए । उनले भने, ‘कोभिड–१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ । कोभिड सङ्क्रमण कम भएपछि उपयुक्त समयमा परीक्षा सञ्चालन सुरु गर्ने गरी तयारी गरेका छौँ ।’ 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट