कर्णाली प्रदेशसभाः नीति तथा कार्यक्रम पारित नभई स्थगित-Sutra News

कर्णाली प्रदेशसभाः नीति तथा कार्यक्रम पारित नभई स्थगित

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

काठमाडौं- प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेकोे वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो ।



आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलार्ई संंवैधानिक बाध्यता छ तर नीति तथा कार्यक्रममाथिकोे छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो ।

सांसदहरुले छलफलमाा भाग लिएलगत्तैै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे ।

सभामुख शाहीले दलीय सहमतिअनुसार बैठक स्थगन गरेको बताए । सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुुवै सकसमा छन् ।

अदालतको पत्रअनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट