नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले सरकारको कठपुतली भएर कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरेको बताएका छन् ।
मंगलवार सामाजिक सञ्जाल फेसबूकमा एक स्ट्याटस लेख्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ,’ उनले लेखेका छन्, ‘संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ ।’
उनले जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको तर्क गरेका छन् । ‘नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’ उनी लेख्छन ।
त्यस्तै उनले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन् ।