नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेपछि सडक अवरुद्ध-Sutra News

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेपछि सडक अवरुद्ध

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो  खसेको हो ।



कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ । 

कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उनले  जानकारी दिए । 

सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए । निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट