सर्लाहीमा ४ दिनको अवधिमा रक्सि पिएको कारण आठ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ नेपाली नागरिक रहेका छन् भने ३ जना भारतीय नागरिक रहेका छन् ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरुको निधन भएको बताइएको छ ।
त्यस्तै गएको २८ गते जिल्ला अस्पताल सर्लाहीमा उपचारको क्रममा भारतीय तीन नागरिकको ज्यान गएको
घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।