निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले एकपक्षीय हीतका लागि निर्णय गरेको भन्दै उपेन्द्र समुहले असन्तुष्टि जनाएको हो ।
जसपाका दुवै पक्षहरुले एकअर्कालाई गरेको कारबाहीलाई आयोगले मान्यता नदिएपछि उनीहरु सर्वोच्च जान लागेका हुन् ।
चाहिने कागजातहरु साथै आवश्यक प्रक्रिया पुर्याएर आयोगमा जाँदा पनि आयोगले त्यसलाई प्रक्रिया नपुगेको भन्दै फर्काएको उपेन्द्र पक्षको आरोप छ ।
पार्टीभित्र सत्ता बाँडफाडको कुरामा विवाद आएपछि गत जेठ १८ गते जसपाको एक पक्षले अर्को पक्षलाई कारबाही गरेको थियो ।
अहिले जसपाको उपेन्द्र पक्ष सरकारभन्दा बाहिर छ भने जसपाकै अर्को पक्ष सरकारमा सहभागी भएको छ ।