नारायणकाजी श्रेष्ठ र सूर्य थापाबीच ट्वीटरमा लडाईं-Sutra News

नारायणकाजी श्रेष्ठ र सूर्य थापाबीच ट्वीटरमा लडाईं

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

नेकपा माओवादी केन्द्रका प्रवक्ता रहेका नेता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा ट्वीटरमा जुहारी खेलिरहेका छन् ।



श्रेष्ठले मंगलवार बिहान निर्वाचन आयोग सरकारको कठपुतली भएको टिप्पणी गरेका थिए ।

‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,’ श्रेष्ठले यस्तो ट्वीट लेखेपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले जवाफ दिन भ्याए ।

थापाले श्रेष्ठको ट्वीटलाई रीट्वीट गर्दै लेखेका छन्, ‘अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि ? अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्यो, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें ।’

नेकपा एक रहँदा श्रेष्ठ पार्टी प्रवक्ता थिए भने थापा सह-प्रवक्ता थिए । नेकपामा विग्रह आउँदैदेखि थापाले श्रेष्ठको आलोचना गर्दै आएका छन् ।

अदालत, निर्वाचन आयाेग लगायत संवैधानिक आयाेगहरूलाई के के गराउनुपर्ने हाे, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हाे कि ? अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्याे, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें । https://t.co/5zxyU0uNX5

— Surya Thapa (@ThapajiSurya) June 15, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट