नुहाउन गएकी बालिकाको पोखरीमा डुबेर मृत्यु-Sutra News

नुहाउन गएकी बालिकाको पोखरीमा डुबेर मृत्यु

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।



सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस् भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोष्टमार्टम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट