सावधान ! अनुहार गोरो बनाउने चक्करमा कतै तपाईंले यी चीजहरूको प्रयोग त गरिरहनु भएको छैन ?-Sutra News

सावधान ! अनुहार गोरो बनाउने चक्करमा कतै तपाईंले यी चीजहरूको प्रयोग त गरिरहनु भएको छैन ?

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

शरीर गोरो बनाउने चक्करमा हामीले विभिन्न चीजको प्रयोग गरिरहेका हुन्छौँ । जसले छालालाई गोरो नभई कालो बनाइरहेको हुन्छ । आज हामी तपाईलाई अनुहार कालो बनाउने केही यस्ता बस्तुका बारेमा जानकारी दिदैछौँ । अनुहारमा नलगाउनुहोस् यी चीज:



कागती: यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

बियर: बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।

बेकिंग सोडा: यसमा पाईने अल्केलाइड्सले छालाको पीएच लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग,धब्बा बन्छ र चमक कम हुन्छ ।

पुदिना: यसमा मेन्थोल हुन्छ। यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

सुन्तला: सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ। यसले छालाको रंग कालो हुन्छ ।

के लगाउने ?

अनुहार गोरो र चम्किलो बनाउनका लागि समय समयमा काँचो दूध लगाउनुहोस् जसले सुख्खापना कम गरेर अनुहारलाई चमकदार बनाउने गर्दछ । त्यस्तै घ्यूकुमारी जेल लगाउदा पनि अनुहार चम्किलो र गोरो हुने गर्दछ ।

नयाँ पुस्ताका युवतीले घरमै कसरी गर्ने प्रफेक्ट मेकअप ?

मेकअपले मानिसको सुन्दरतालाई बढाउने काम गर्छ । मेकअप बिनाको अनुहारमा चमक हुँदैन । मेकअपले मान्छेको पूरै बान्कीलाई नै परिवर्तन गरिदिन्छ । चाहे अफिस होस् वा कलेज होस्, हरेक ठाउँमा जादाँ मेकअप गर्नु जरुरी हुन्छ ।

मेकअक गर्नु पनि कला हो । कहिलेकाहीँ मेकअप गर्ने सही तरिका जानिएन भने त्यसले अनुहारलाई विकृत पनि पार्ने गर्छ । मेकअप गर्दा त्यसका बारेमा हेर्दा सामान्य लाग्ने तर अत्यावश्यक कुरा जान्न जरुरी हुन्छ । नत्र तपाईंको सानो गल्तीले तपाईंको अनुहार बिग्रन सक्छ ।

 रातिको पार्टीमा जानु छ भने मेकअप अलि बढी भएर केही फरक पर्दैन । दिउँसोको पाटीमा जाँदै हुनुहुन्छ भने अलि कम मेकअप प्रयोग गर्दा राम्रो हुन्छ। पार्टी मेकअप भनेको ब्युटी पार्लर जानु मात्रै होइन ।

मेकअपको सही तरिका थाहा भयो भने घरमै मेकअप गर्ने सक्नु हुन्छ । दिउँसोका लागि मेकअप गर्दै हुनहुन्छ भने त्यसको फिनिसिङ राम्रो हुनुपर्छ । त्यसको लागि सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि अनुहारमा टोनरको प्रयोग गर्नुपर्छ ।

टोनरको प्रयोगले पसिना र पानीले मेकअप बिगार्दैन । त्यसैले मेकअप लगाउनुअघि अनुहारलाई क्लिजिङ वा टोनिङ गर्नुपर्छ । तपाईंले गरेको मेकअपअनुसार नै हेयर स्टाइल पनि मिलाउनु पर्छ । अनुहारमा टोनर लगाइसकेपछि, अनुहारमा र ओठमा राम्रोसँग मोस्चराइजर लगाउनु पर्छ । ओठमा राम्रोसँग मोस्चराइजर लगायो भने लिपिस्टिक लगाउँदा ओठ फाटेजस्तो देखिँदैन ।

कहिलेकाहीँ समय अभावका कारण मानिसहरु आफ्नो अनुहारको हेरचाह राम्रोसँग गर्न सक्दैनन् । जसले गर्दा आँखामा डार्क सर्कल हुने, अनुहारमा दाग र चाउरिनेजस्ता समस्या देखिन सक्छ ।

यसलाई लुकाउन फाउन्डेसन प्रयोग गर्न सकिन्छ । तपाईंले ब्रसले फाउन्डेसन लगाउँदै हुनहुन्छ भने ब्रसलाई थिचेर नलगाउनुस् । अनुहारमा पाउडर लगाएपछि मेकअप ज्यादै राम्रो देखिन्छ तर पाउडर लगाउँदा पूरै अनुहारमा मिल्दो र सन्तुलन मिलाएर लगाउनु पर्छ। आँखामा गाजल लगाइसकेपछि आँखामा मसकरा लगाउन सकिन्छ ।

आँखाको मेकअप गर्दा चल्तीअनुसार लगाउनुपर्छ । ब्लसले तपाईंको लुकलाई परफेक्ट बनाइदिन्छ ।

मुख धुँदा साबुनको सट्टामा प्रयोग गर्नुहोस् यी चिज, मिल्छ प्राकृतिक सुन्दरता: अधिकांश मानिसले आफ्नो अनुहार सफा गर्नका लागि साबुन या फेसवासको प्रयोग गर्ने गरेका छन । तर यी रसायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छालामा नकारात्मक असर पुर्याउन सक्छ ।

जसले त्वचालाई रुखो बनाउछ । यसको अत्यधिक उपयोग गर्नाले उमेर नै नपुगी छाला चाउरिने समस्या देखिन्छ । साबुन र फेसवासमा अत्यधिक मात्रामा रासायनिक तत्व हुने भएकाले यसले छालाको तेललाई सोस्छ र छालालाई रुखो बनाउछ । त्यसैले अनुहार सफा गर्ने नाममा यस्ता रसायनयुक्त सामग्रीको प्रयोग भन्दा पनि घरेलु उपाय अपनाउनु जरुरी छ ।

यी घरेलु उपायले अनुहारमा चमक त ल्याउछ नै यसका अलवा छाला संग सम्बन्धित हरेक समस्याको समाधान गर्ने गर्दछ । अनुहारको सफाईका लागि साबुनको ठाउँमा निम्न घरेलु उपाय अपनाउन सकिन्छ:

१) दुध: त्वचाको सफाईको लागि काचो दुधको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसको प्रयोगले मरिसकेका डेड स्किनको सफाई गर्नुका अतिरिक्त त्वचालाई पनि थप चम्किलो र आकर्षक पार्न सहयोग गर्दछ । यो एक नेचुरल क्लिजर हो ।

२) चिनी: चिनी पनि छालाको लागि एक एक सस्तो र भरपर्दो घरेलु उपाय हो । यसको प्रयोगले छालामा निखार ल्याउन सकिन्छ । चिनीलाई पिसेर दैनिक मुख धुने साबुन या फेसवासको रुपमा प्रयोग गर्नाले यसले मरिसकेका स्किन्लाई थप जीवित बनाउन मदत गर्दछ । यदि चाहनुहुन्छ भने चिनीलाई एलोभेरा संगक मिसाएर समेत प्रयोग गर्न सकिन्छ जुन छालाका लागि निकै नै उपयोगी रहेको छ ।

३) मेवा: मेवामा पाइने केरेटोनाईड र भिटामिनले छालामा प्राकृतिक क्लिजरको रुपमा काम गर्दछ । यसले त्वचामा निखार ल्याउछ । मेवाको सानो टुक्रालाई महमा मिसाई अनुहारमा हल्का तरिकाले मसाज गर्नाले अनुहारमा चमकता आउनुका साथै चाया पोतोको समस्यामा समेत फाइदा पुग्ने देखिन्छ ।

४) मह: महको प्रयोग विशेषगरी छालासम्बन्धि समस्याको लागि गरिने गरिन्छ । यसले त्वचाको आकर्षकतामा कुनै पनि असर पुर्याउदैन र साथमा यसले त्वाचा सफा पनि बनाउछ । अलिकति महलाई हातमा लिई हल्कासंग मसाज गर्ने र केहि बेर सुक्न दिई हल्का मनतातो पानीले धुनाले अनुहारमा भएका कुनै पनि समस्याबाट छुटकारा पाउन सकिन्छ ।

५) नरिवलको तेल: अनुहारमा नरिवलको तेलको प्रयोग गर्नु पनि अति नै लाभदायक छ । यसले छालाको भित्र सम्म पुगी काम गर्ने भएकाले पनि कुनै पनि समस्या आउन बाट रोक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट