प्रधानमन्त्री ओलीको राजीनामा माग-Sutra News

प्रधानमन्त्री ओलीको राजीनामा माग

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ ।



मंगलबार विज्ञप्ति जारी गर्दै खनाल–नेपाल समूहनिकट युवा संघले एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा गर्न माग गरेका हुन्।

त्यस्तै उनीहरुले नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि ओलीलाई आग्रह गरेका छन् ।

जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि पनि उनीहरुले माग गरेका छन् ।

u1.jpg

u2.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट