एमालेकै भातृसंगठन युवा संघले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा-Sutra News

एमालेकै भातृसंगठन युवा संघले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

नेकपा एमालेको भातृसंगठन युवा संघ वागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।



प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै अध्यक्ष या प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको हो ।

‘एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

u1.jpg

u2.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट