जलसतहले तह पार गरेको हुँदा नारायणीमा ठुलो बाढीको संभावना, सतर्कता अपनाउन आग्रह-Sutra News

जलसतहले तह पार गरेको हुँदा नारायणीमा ठुलो बाढीको संभावना, सतर्कता अपनाउन आग्रह

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

सरकारले देशका विभिन्न ठाउँहरुमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउनका लागि आग्रह गरेको छ ।



मंगलवार एक सुचना जारी गर्दै भारी वर्षाका कारण बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज नारायणी नदी देवघाट जलमापन केन्द्रमा जलसतहले तह पार गरेको र बढ्दो क्रममा रहेको जलविज्ञान विभागले जनाएको छ ।

त्यस्तै नारायणी जलाधारमा भारी बर्षा भएको र थप बर्षा हुने पुर्वानुमान रहेकाले जलसतह खतरा तह आसपास पुग्न सक्ने केन्द्रले जनाएको छ ।

चितवन र नवलपरासीको तटिय क्षेत्रमा पनि जोखिमको संभावना रहको हुँदा भोली बिहान सम्म नै ध्यान दिन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट