ओलीतिर लागेका माओवादी नेताहरूको थप बिल्लीबाँठ हुन बाँकी छ – वाइसीएल अध्यक्ष दीपशिखा-Sutra News

ओलीतिर लागेका माओवादी नेताहरूको थप बिल्लीबाँठ हुन बाँकी छ – वाइसीएल अध्यक्ष दीपशिखा

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

नेकपा माओवादी केन्द्रको भातृसंगठन वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले एमालेमा लागेका पूर्व माओवादी नेताहरूको थप बिल्लीबाँठ हुने बताएका छन् ।



मंगलवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले प्रचण्डका हुन नसकेका नेताहरू ओलीका पनि हुन नसक्ने भन्दै कटाक्ष गरेका हुन् ।

‘जो राजनीतिक जीवनको उत्तरार्धसम्म माओवादी र प्रचण्डका थिए तर भएनन्, उ एमाले र ओलीका पनि हुन सक्दैनन् भन्ने उनले नबुझ्ने कुरै भएन । ओलीको उपयोगिताको षड्यन्त्रमा परेकाहरूको थप बिल्लिबाठ त अझै हुन् बॅाकि छ । थप बदनाम नबन्नेबारे सोच्नुस् ।’

उनले आफूहरूले आफ्नै जगको छाप्रोमा स्वाभिमान नगुमाई इमानको शीर उचालिरहेकोसमेत लेखेका छन् । एमालेमा लागेका पूर्वमाओवादी नेताहरूलाई माओवादी पार्टी कार्यालयमा पाहुना बन्न आउनसमेत उनले सुझाव दिएका छन् ।

‘अँ हामीलाई भन्नुहोला तिमीहरू सिद्दियौ, माओवादी आन्दोलन र पार्टी फुच्चे भयो । हामी जे जस्तो भएपनि आफ्नै जगको छाप्रोमा स्वभिमान नगुमाई ईमानको शिर उचालिरहेका छौं । भव्य महलमा बस्न गएका हजुरहरूलाई बलेसिमा भिज्दै गरेको देख्दा दुखि छौ ! आउ, एकरात पेरिसडॅाडामा पाहुना बसेर जाउ ! ईमानको न्यानो सानोमा भएपनि तातो छ,’ उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट