उपेन्द्र यादवलाई कानून व्यवसायीको सुझाव – अदालत गए विभाजन प्रक्रिया झन् लम्बिन्छ-Sutra News

उपेन्द्र यादवलाई कानून व्यवसायीको सुझाव – अदालत गए विभाजन प्रक्रिया झन् लम्बिन्छ

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

काठमाडौँ । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेका जनता समाजवादी पार्टी  (जसपा) नेपालका नेता उपेन्द्र यादव यतिबेला कानून व्यवसायीसँग छलफलमा जुटेका छन् ।



अदालत गए विभाजन प्रक्रीया झन् लम्बिने भन्दै जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवलाई वकिलहरुले सर्वोच्च अदालत नजान सुझाव दिएका छन् ।

जसपा निकट कानून ब्यवसायीसँग आज उपेन्द्र-भट्टराईसमूहका शीर्ष नेतृत्वको छलफलमा वकिलहरुले सर्वोच्च अदालत गए अदालती प्रक्रिया झन लम्बिने भन्दै अदालत नजान सुझाव दिएका हुन् ।

निर्वाचनको राजनीतिक ऐनको दफा ४३ र ४४ अनुसार बहुमतको आधारमा सिंगों पार्टीको आधिकारिकता दाबी गर्दा छिटो हुने वकिलहरुको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट