संसद विघटन- सर्वोच्च बारले छान्यो २ एमिकस क्युरी, कोको परे ?-Sutra News

संसद विघटन- सर्वोच्च बारले छान्यो २ एमिकस क्युरी, कोको परे ?

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि एमिकस क्युरीअन्तर्गत अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसी सिफारिस भएका छन् ।



मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरिमा उनीहरुलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

केही दिन अगाडी सर्वोच्च अदालतले संसद विघटनविरुद्धको मुद्दामा बहस गर्नका लागि ४ एमिकस क्युरिको माग गरेको थियो ।

जेठ ७ गते भएको संसद विघटनविरुद्ध परेको रिट अहिले विचाराधीन अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट