विवादकै बीचमा निर्वाचन आयोग प्रमुख थपलियासँग इजरायली राजदूतको भेटवार्ता-Sutra News

विवादकै बीचमा निर्वाचन आयोग प्रमुख थपलियासँग इजरायली राजदूतको भेटवार्ता

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भेटवार्ता भएको छ ।



जनता समाजवादी पार्टीको बहुमत पक्षको निर्णयलाई सदर नगरेपछि आयोगमाथि सेटिङमा चलेको आरोप लागिरहेको छ । यही आरोपका बीच थपलियाले इजरायली राजदूतसँग भेटेका हुन् ।

आयोगले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ ।

भेटघाटका क्रममा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुटनीतिक स्थापनाको ६० औं वर्षगाँठ मनाइरहँदा दुइ देशबीचको आपसी सम्वन्ध सुमधुर रहेको र आगामी दिनमा निरन्तर सहकार्य हुने कुरा बताउनु भयो,’ आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट