अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै निर्वाचन आयोगमा थपिए २ आयुक्त-Sutra News

अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै निर्वाचन आयोगमा थपिए २ आयुक्त

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

निर्वाचन आयोगमा २ नयाँ आयुक्तहरूले पदबहाली गरेका छन् । आयोगले एक विज्ञप्ति जाई गर्दै रामप्रसाद भण्डारी र जानकी तुलाधरले सपथपछि पदबहाली गरेको जनाएको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आयुक्तहरू नियुक्त गरेका थिए । उनीहरूको नियुक्तिका बारेमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

पदबहाली कार्यक्रममा प्रमुख आयुक्तले तोकिएकै मितिमा निर्वाचन गराउन आफू लागिपरेको भन्दै व्यवस्थापकीय कार्यहरूका बारेमा जानकारी गराएका थिए ।

यसअघिको तस्बिर भूलवश अर्को परेकोले सच्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट