काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रर्दशन गरेको छ ।
नेविसंघले मंगलबार साँझ संसद भवन नयाँ बानेश्वरअघि प्रर्दशन गरेको हो । उनीहरूले प्रधानमन्त्री तथा राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका हुन् ।
नाराबाजीका क्रममा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । झडपका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणामा लिएको छ ।