काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी परिषद् बैठक बोलाएका छन् ।
यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षको सहमति विनै एकलौटी रूपमा बिहीबार पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाएका हुन् ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषद्मा यादव पक्षको बहुमत छ ।
यादवले अर्का अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको निर्णय निर्वाचन आयोगले अस्वीकार गरेपछि भावी रणनीतिबारे छलफल गर्न बैठक बोलाएका हुन् ।