भियतनामको मध्य क्षेत्रमा भएको आगलागीमा ६ जनाको मृत्यु-Sutra News

भियतनामको मध्य क्षेत्रमा भएको आगलागीमा ६ जनाको मृत्यु

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

काठमाडौं- मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले ६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मंगलबार उल्लेख गरेका छन् । स्थानीय समय अनुसार मंगलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो ।



आगोे तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै ६ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ ।

आगलागीबाट निजी स्वामित्वमा रहेको आवासीय भवनमा रहेका भियतनामी नागरिकको मृत्यु हुनुका साथै पहिलो तलामा रहेको क्याफे तथा पसलहरूमा पनि क्षति भएको बताइएको छ ।

आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव १०० अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले बताएको छ ।

उद्धारका लागि घटनास्थलमा तत्काल सुरक्षाकर्मीलाई पठाइएको भएपनि घरभित्र फसेका सबै पीडितहरूलाई बचाउन नसकिएको तर केही व्यक्तिलाई सख्त घाइते अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको स्थानीय एक अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट