काठमाडौं- नेकपा (एमाले) का नेता भीम रावलले नेपाललाई वाह्य शक्तिले ‘दास’ बनाउने चाल किन नबुझेको भन्दै प्रश्न गरेका छन् । भारतीय सेनामा नेपाली महिलाहरूलाई पनि भर्ती गरिने खबर आइरहेको प्रसंग निकाल्दै नेता रावलले यस्तो बताएका हुन् ।
बुधबार राति ट्वीटरमा लेख्दै नेता रावलले भने, ‘नेपाली महिलालाई विदेशी सेनाको ‘दास’ मात्र होइन नेपाललाई नै वाह्य शक्तिको ‘दास’ बनाउने चाल किन नबुझेको हो ?’
सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती नगर्ने बताउँदै नेता रावलले सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन नहुने उल्लेख गरेका छन् ।
सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गर्दैन।सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन हुन्न भन्दा महिलालाई ‘दास’ बनाउने भनी प्रश्न गर्नेहरूले नेपाली महिलालाई विदेशी सेनाको ‘दास’ मात्र होइन नेपाललाई नै वाह्य शक्तिको ‘दास’ बनाउने चाल किन नबुझेको हो?
— Dr. Bhim Rawal (@BhimRawal179) June 15, 2021