काठमाडौं- पोर्चुगलले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । पोर्चुगलले मंगलबार हंगेरीलाई ३-० गोलले हरायो ।
पोर्चुगलले अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ८४ औँ मिनेटमा राफायल गुएर्रोले अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेटलगत्तै पोर्चुगलले पेनाल्टी प्रहारको मौका पाएको थियो जसमा क्रिस्टियानो रोनाल्डो सफल रहे । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।