पार्टी एकताको सकारात्क पहल भएको छैन, भ्रममा नपरौंः झाँक्री-Sutra News

पार्टी एकताको सकारात्क पहल भएको छैन, भ्रममा नपरौंः झाँक्री

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकताका लागि अहिलेसम्म सकारात्मक पहल नभएको जिकिर गरेकी छिन् ।



एमाले संस्थानपन पक्षको स्थायी कमिटी बैठक आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा आफ्ना पक्षका नेताहरूलाई सहभागी नहुन आग्रह गर्दै मंगलबार राति झाँक्रीले एकताको सकारात्मक पहल नभएको बताएकी हुन् ।

नेतृ झाँक्रीले एमाले२०७५ जेठ २ गतेको अवस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर आफूहरूको तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग नलिने बताएकी छिन् ।

‘भोलि असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको होला । हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन,’ उनले भनिन्, ‘यो विचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन । कोही पनि साथिहरू भ्रम नपर्न अनुरोध गर्दछु ।’  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट