सिन्धुपाल्चोकका ५० जना बढीलाई बाढीले बेपत्ता पार्यो, राहत लिएर जाँदै तामाङ-Sutra News

सिन्धुपाल्चोकका ५० जना बढीलाई बाढीले बेपत्ता पार्यो, राहत लिएर जाँदै तामाङ

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं- बाढीका कारण सिन्धुपाल्चोकमा ५० जनालाई बेपत्ता बनाएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जनाएका छन् ।



बाढीले मेलम्ची खानेपानीको ड्याममासमेत असर गरेको उनले जानकारी दिएका छन् । बाढीले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार क्षतविक्षत बनाएको छ ।

sindhupalchobadhi.jpg

यसैगरि नाकोते पुल, तिम्बु पुल, फट्टे पुल मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलसमेत बगाएको मन्त्री तामाङले जनाएका छन् ।

बाढीले नदी किनाराका अधिकांश संरचना ध्वस्त पारेको छ । मन्त्री तामाङले आजै सरकारले क्षति भएका ठाउँमा उद्दार पुर्याइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट