काठमाडौं- केही दिनयता लगातार पानी परिरहेको छ । मंगलबार मनाङ र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षाका कारण बाढी आएर मानवीय एवम् भौतिक क्षति भएको छ । मौमस पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अझै एक-दुई दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महशाखाद्वारा जारी विशेष बुलेटिनमा यी तीन प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षा हुने जनाइएको छ । महाशाखाकी मौसमविद् मन्जु वासीकाअनुसार यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने क्रम अझै एक-दुई दिन रहनेछ ।
देशका अन्य भू-भागमा पनि पानी पर्ने क्रम भने जारी रहनेछ । ‘पहिरोको जोखिम भएका बस्ती र नदी छेउका मानिसहरूले सचेतता अपनाउन जरूरी छ,’ उनले भनिन् ।
तीन दिनको मौसम पूर्वानुमानः
२०७८ असार २ गते बुधबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
२०७८ असार ३ गते बिहीबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, प्रदेश न.१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
२०७८ असार ४ गते शुक्रबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असार ०२,
आज कालिगण्डकी,भेरी,पश्चिम राप्ती,तिनाउ,बबई लगायत गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी,तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहिमा आकस्मिक वहाव भई सतर्कता तह पुग्ने रहेकोले साना नदी तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन हुन अनुरोध छ । pic.twitter.com/GJjF6R2q2S— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 16, 2021