काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी-पहिरो पीडितलाई राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
‘सरकारलाई तत्काल विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई आवस्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ बुधबार ट्वीटरमार्फत् देउवाले भने ।
सभापति देउवाले कांग्रेसका नेता तथा कार्यकर्तालाई आ-आफ्नो क्षेत्रका बाढी-पहिरो पीडितको उद्धार र राहत खटिन पनि निर्देशन दिएका छन् ।
केही दिनदेखि परेको अविरल बर्षाका कारण #सिन्धुपाल्चोक, #मनाङ लगायत देशका विभिन्न क्षेत्रमा #बाढि, #पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली #कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा #उद्दार र #राहतमा खटिन निर्देशन गर्दछु । 1/2
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021
सरकारलाई तत्काल विपदमा परेका जनतालाई #उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवस्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु। 2/2
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021