आविष्कार केन्द्रलाई एक लाख सहयोग-Sutra News

आविष्कार केन्द्रलाई एक लाख सहयोग

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं- तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहेका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख आर्थिक सहयोग गरेका छन् । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट सञ्चालन गर्दै आएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् ।



आविष्कार केन्द्रले कोभिड-१९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादनसहितका काममा योगदान पुगोस् भन्ने अभिप्रायले इन्टरनेशनल नेप्लीज सेफ्स सोसाइटीका अध्यक्ष समेत रहेका थापाले आर्थिक सहयोग गरेका हुन् ।

होटेल म्यानेजमेण्ट एण्ड टे«निङ सेन्टरबाट तालिम लिएर पछि त्यहीँ प्रशिक्षकसमेत रहेका थापाले नेपाल, दुवई, जापान र बेलायतमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट