विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा जारी-Sutra News

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा जारी

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं- देशका विभिन्न जिल्लामा लगातारको वर्षासँगै बाढी तथा पहिरोले मानवीय र भौतिक क्षति गरेपछि उद्धार तथा राहतको व्यवस्था मिलाउनका लागि विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ ।



गृहमन्त्रीको खगराज अधिकारीको अध्यक्षमा समितिको बैठक बुधबार बिहान ९ बजेपछि सिंहदरबारमा सुरु भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले जानकारी दिए ।

बैठकमा बाढी तथा पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थाका सम्बन्धमा छलफल भइरहेको छ ।

बैठकमा गृहमन्त्री अधिकारीसँगै मन्त्रालयका उच्च अधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण पदाधिकारीसहितको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट