प्रधानमन्त्रीलाई संसदबाट हटाउने ल्याकत नराख्नेले किन राजीनामा भन्दै बर्बराउनु ?- सूर्य थापा-Sutra News

प्रधानमन्त्रीलाई संसदबाट हटाउने ल्याकत नराख्नेले किन राजीनामा भन्दै बर्बराउनु ?- सूर्य थापा

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भन्दै केही मानिसहरू सधैं बर्बराउने गरेको बताएका छन् । उनीहरूले यो सपनामा कि विपनामा हो थाहा नपाउने थापाले बताएका छन् ।



‘केही मानिसहरू सधैं बर्बराउँछन्- केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ । यो सपनामा कि विपनामा, थाहा पाउँदैनन्,’ सल्लाहकार थापाले बुधबार ट्वीटरमा भने, ‘झण्डै डेढ वर्षदेखि फगत बर्बराइरहेछन् । महाधिवेशन गरेर नयाँ अध्यक्ष र आम चुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्छ ! संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजीनामा भनिरहेका होलान् ?’ 

केही मानिसहरू सधै बर्बराउछन्-केपी शर्मा ओलीले राजिनामा दिनुपर्छ!याे सपनामा कि विपनामा- थाहा पाउँदैनन्। झण्डै डेढ बर्षदेखि फगत बर्बराइरहेछन। महाधिवेशन गरेर नयाँ अध्यक्ष र आम चुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्छ! संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजिनामा भनिरहेका हाेलान्?

— Surya Thapa (@ThapajiSurya) June 16, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट