स्वास्थ्यमा थप समस्या आएपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।
खनालको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजाने तयारे भइरहेको छ । उनको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने तय भएको छ ।
एक हप्ताभन्दा बढी ज्वरो आएपछि खनाल गत सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।