बाढीले रेडियो मेलम्ची डुबानमा-Sutra News

बाढीले रेडियो मेलम्ची डुबानमा

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

केही दिनदेखि आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ ।



मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ । रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करीब रु ५० लाख हाराहारी क्षति भएको छ ।

 रेडियोको सम्पूर्ण कागजात, उपकरण, ल्यापटपलगायत सामग्री बाढीले बगाएको रेडियोका अध्यक्ष डम्बररसिक भारतीले बताउनुभयो । दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित आश्रय स्थलको खोजीमा छन् ।

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा अन्य संघसंस्था राहत एवं सहयोगका लागि सिन्धुपाल्चोक जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट