बाढीपीडितको उद्धारमा जुट्न सभामुख सापकोटाको अपिल-Sutra News

बाढीपीडितको उद्धारमा जुट्न सभामुख सापकोटाको अपिल

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

सभामुख अग्निप्रसाद सापकोटाले बाढी तथा पहिरोपीडितको उद्धार र राहतमा जुट्न अपील गरेका छन् ।



उनले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध भएको बताएका छन् ।

बाढीको कारण मेलम्चीमा अहिले सात जनाको मृत्यु भइसकेको छ भने धेरैको संख्यामा बेपत्ता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट