बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यक्रममा लाग्न प्रचण्डको निर्देशन-Sutra News

बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यक्रममा लाग्न प्रचण्डको निर्देशन

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो पीडितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन माग गरेका छन् ।



बाढीले देशका विभिन्न ठाउँहरुमा भौतिक तथा मानवीय क्षति पुर्याएको भन्दै उनले यस्तो माग गरेका हुन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ ।’

पहिरोले प्रभावित भएकाहरुलाई राहत दिन , बेपत्ता भएकाहरुको खोजि कार्य गर्न तथा घाइतेहरुको निशुल्क उपचार गर्नका लागि उनले माग गरेका छन् ।

prachnddddddd.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट