गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।बिहीबार प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका थिए।
शुक्रवार प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिनेगरी तयारी थालेका हुन् ।