स्याङ्जाको भीरकोटमा जीप दुर्घटना, एकको मृत्यु ६ घाइते-Sutra News

स्याङ्जाको भीरकोटमा जीप दुर्घटना, एकको मृत्यु ६ घाइते

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।



बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग१ज ४९४० नंको जीप बिहान १०ः१५ बजे भीरकोट–४ दभुङठाँटीमा दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

घाइते अवस्थामा उद्धार गरेर भीरकोट नगर अस्पताल पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

 ग्रामीण कच्ची बाटोबाट जीप झण्डै पाँच मिटर तल खस्दा जीपमा सवार भीरकोट– ३ का मनु भन्ने विकास थापा (जीप चालक), सोही स्थानका ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ, पुतलीबजार नगरपालिकाकी २४ वर्षीय दिनेश परियार घाइते भएका छन् ।

घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट