नेता खनालको मिर्गौला फेल, भारत लैजाने तयारी-Sutra News

नेता खनालको मिर्गौला फेल, भारत लैजाने तयारी

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका नेता झलनाथ खनाललाई उपचारका लागि भारतको एपोलो अस्पताल लैजाने तयारी हुँदैछ ।  स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भारत लैजाने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ । 



स्वास्थमा समस्या आएपछि उनलाई केहि दिनअगाडी नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको मिर्गौला फेल भएको अस्पताल स्रोतले जनाएको छ ।  

नेता खनालको उपचार नेपालमै संभव हुँदा पनि भारतको अस्पतालले उतै ल्याउन भनेकोले उनलाई भारत नै लैजान लागिएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट