भारत जानुअघि खनालले भने- राजनैतिक अवस्थाले चिन्तित बनाएको छ, निको भएर छिट्टै फर्किनेछु-Sutra News

भारत जानुअघि खनालले भने- राजनैतिक अवस्थाले चिन्तित बनाएको छ, निको भएर छिट्टै फर्किनेछु

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता झलनाथ खनाल उपचारको क्रममा भारतको एपोलो अस्पताल जाने तयारीमा छन् ।



अस्पताल जानुअघि एक विज्ञप्ति जारी गर्दै नेता खनालले उपचारपछि आफु छिट्टै नै नेपाल फर्किने विश्वास लिएको बताएका छन् ।

‘डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु,’ उनले भनेका छन्, ‘सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।’

त्यस्तै उनले देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफु धेरै चिन्तित भएको बताएका छन् ।

‘राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।’ उनले भनेका छन् ।

jjjjjjjj.jpg

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट