बाढीपहिरोको जोखिमबाट सतर्कता अपनाउन उपप्रधानमन्त्री महासेठको आग्रह-Sutra News

बाढीपहिरोको जोखिमबाट सतर्कता अपनाउन उपप्रधानमन्त्री महासेठको आग्रह

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले वर्षाका कारण देशका विभिन्न ठाउँहरुमा आएको बाढीपहिरो आउने क्रम जारी रहेकोले सतर्कता अपनाउनका लागि आग्रह गरेका छन् ।



बुधवार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै नेता महासेठले यस्तो आग्रह गरेका हुन् ।

‘केही दिन यता अविरल वर्षाका कारण देशको विभिन्न जिल्लाहरूमा भीषण वर्षा तथा त्यसका कारण आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको छ,’ उनले लेखेका छन्, ‘बाढी-पहिरोबाट प्रभावित स्थानहरूमा आजै सरकारले उद्दार र राहात पुयाउने छ । बाढी-पहिरोको जोखिमवाट सुरक्षित रहन पुर्व सतर्कता अपनाउन सवैमा हार्दीक अनुरोध गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट