ओलीलाई खनालको फोन- म फर्केर फर्केर आउँछु कि आउँदिन, पार्टी एक रहोस-Sutra News

ओलीलाई खनालको फोन- म फर्केर फर्केर आउँछु कि आउँदिन, पार्टी एक रहोस

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं । स्वास्थ्यमा थप समस्या आएपछि नेकपा एमालेका नेता झलनाथ खनाल दिल्लीस्थित एपोलो अस्पताल प्रस्थान गरेका छन् । दिल्ली जानुअघि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले उनलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।



फोनमा ओलीसँग कुरा गर्दै झलनाथ खनालले आफु फर्केर आउने नआउने थाहा नभएको भन्दै पार्टी एकता गर्नका  लागि प्रधानमन्त्री ओलीले अब भूमिका खेल्न आग्रह गरेको बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले पनि नेता खनालको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।

उनी भारत प्रस्थान गर्नुअघि पार्टीका महासचिव ईश्वर पोखरेलले हस्पिटलमै गएर  स्वास्थ्यलाभको कामना गरेका  थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट