माओवादी र सुरक्षाकर्मीबीच झडप, ६ माओवादीको मृत्यु-Sutra News

माओवादी र सुरक्षाकर्मीबीच झडप, ६ माओवादीको मृत्यु

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

भारतको आन्ध्र प्रदेशस्थित थीगालामेत्ता जंगल क्षेत्रमा सुरक्षाकर्मी र माओवादीहरूबीच भिडन्त हुँदा ६ जना माओवादीको मृत्यु भएक छ ।



माओवादीहरुले सुरक्षाकर्मीहरुलाई गोली हान्न खोजेपछि आत्मरक्षाका लागि सुरक्षाकर्मिहरुले गोली चलाएको बताइएको छ ।

जंगल क्षेत्रमा भएको उक्त भिडन्तमा ५ जना माओवादीहरूका मृत शरीरसहित एके–४७ राइफल, एसएलआर, कार्बाइन, ३०३ राइफल र देशी कट्टा फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट