बाढीपहिरोको वितण्डा- फेरी रोयो सिन्धुपाल्चोक-Sutra News

बाढीपहिरोको वितण्डा- फेरी रोयो सिन्धुपाल्चोक

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

देशमा मनसुन प्रवेश गरसँगै भएको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँहरुमा बाढीपहिरो जाने क्रम जारी छ ।  



अविरल वर्षापछि आएको बाढीले गर्दा मेलम्ची क्षेत्रमा धेरै क्षति पुगेको छ । बाढीका कारण जीवन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरीका अनुसार सिन्धुपाल्चोकका विभिन्न ठाउँहरु डुबेको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र ईन्द्रावती खोलामा आएको भिषण बाढीले ठूलो धनजनको क्षति तथा ५० जनाभन्दा बढी व्यक्ति सम्पर्कबिहिन भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीमा परेर प्रभावित भएका मानिसहरुलाई उद्धार तथा राहतको व्यवस्था गर्नका लागि सरकारलाई विभिन्न सम्बन्धित निकायहरुले ध्यानाकर्षण गराएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटा उक्त क्षेत्रको अवलोकन गर्न पुगेका छन् ।  उनले पिडितलाई राहतका लागि माग गरेका छन् ।

तस्बिरमा मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेको देखिन्छ विस्थापित । भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् ।

त्यस्तै वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ । रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करीब रु ५० लाख हाराहारी क्षति भएको छ ।

बाढीमा फसेका ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार आज २ बजेसम्म कुल ६० जनालाई उद्धार गरिएको छ

त्यस्तै बाढीबाट  मेलम्ची खानेपानी आयोजनाको मूल मुहानमा के कति असर गरेको भन्ने कुरा समेत एकिन हुन सकेको छैन।

थप वर्षा भएर बाढी आउने संभावना भएकोले त्यहाँका बासिन्दाहरुलाई सतर्क रहनका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट