६.१ म्याग्नीच्युडको भूकम्प गयो-Sutra News

६.१ म्याग्नीच्युडको भूकम्प गयो

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

जाकार्ता- इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।



भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ११‍.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट